Media Network

हत्या आरोपीलाई भेट्न जेल पुगेका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौ । प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसी केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेटेको घटनाको छानबिन सकिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको हो। छानबिन समितिले डिएसपी केसीलाई प्रहरी नियमावली अनुसार उनलाई विभागीय कारबाहीको सिफारिस भएको हो। 

छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरूपयोग गरेको ठहर गरेको छ। डिएसपी केसी आफैंले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ। समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए।

त्यसपछि अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो भने अनुसन्धानको लागि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय रानीपोखरी तानिएको थियो। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद