Media Network

हत्या आरोपमा १२ जना पक्राउ


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

बारा । हत्या आरोपमा नाबालकसहित १२ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

जीतपुरसिमरा–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन् ।जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन् ।

११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ । नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद