उनी १२ फागुनदेखि कार्यालयमा उपस्थित भएकी छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१०) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।
गृहले श्रेष्ठलाई सात दिनभित्र कारण खुलाउनसमेत समय दिएको छ।