इटहरीमा एमाले नेतामाथि कुटपिट


खबरस्टोरी संवाददाता
८ जेष्ठ २०७९, आईतवार
इटहरीमा एमाले नेतामाथि कुटपिट
काठमाडौँ ।  इटहरीको संगीत चोकमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आइतबार बिहान तीन जनाको समूहले आक्रमण गरेका छन्।

एमाले निर्वाचन परिचालन समितिका सह–इन्चार्ज समेत रहेका डम्बरमाथि इटहरीको अन्तिम मत परिणाम सार्वजनिक भएपछि बिहान बाटो हिँड्दै गर्दा आफूमाथि कैलाश विष्ट नाम बताउने युवाको समूहले आक्रमण गरेको उनले बताए । आक्रमणमा संलग्न ती युवाहरुले आफ्लाई कुटेपछि अब द्वारिकलाल चौधरीलाई कुट्ने भन्दै भागेको सुवेदीको भनाइ छ ।

आक्रमणमा संलग्न भएको आरोप लागेका विष्ट केशवकुमार विष्टका छोरा हुन् ।   इटहरी  उपमहानगरपालिकाको आइबार बिहान सम्पन्न मत गणनामा आफ्नो बुबा उपमेयरमा पराजित भएपछि विष्टले रोष प्रकट गरेको सुवेदीको भनाइ छ ।