काठमाडौं, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका–६ च्यामा घर भएका १९ वर्षीय जीवन केसी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१ हात्तीसारस्थित रेष्टुरेन्टमा वेटर काम गर्ने जिवनले ती महिलालाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यतै, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् ।
बुटवल उपमहानगरपालिका–१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका–१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको हो ।
साथै हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।