Media Network

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना समातिए


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तिनाउ गाउँपालिका–५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही गाउँपालिका–३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र  जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद