Media Network

जबरजस्ती करणी मुद्दाका दोषीलाई ५ वर्ष कैद


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

इलाम । इलाममा जबरजस्ती करणी मुद्दाका २ जना दोषिलाई ५ वर्ष कैद सजाय भएको छ । 

चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई ५-५ वर्ष कैद सजाय भएको हो । 

जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इंगनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो । 

यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई ८ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद