जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौं।   जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक हुन् । 

उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा परेको थियो । 

जिल्ला अदालत काठमाडौंले २०७८ फागुन २९ गते ती चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिएको थियो । उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।