Media Network

जलाउँदै गरेको किशोरीको शव प्रहरीको नियन्त्रणमा


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट घाटमा जलाउँदै गरेको अवस्थामा १४ वर्षीया एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । उनको परिवारले घरमै विष सेवन गरेर आत्महत्या गरेको बताएका छन् ।

उनले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउन थालेका थिए ।

मृतकको दिदी, आमा र ठूलीआमालाई घटनाबारे अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । ‘खबर पाए लगत्तै प्रहरी परिचालन गर्दा पनि शरीरको ५० प्रतिशत भाग जलिसकेको रहेछ’, उनले भने, ‘आत्महत्या हो या हत्या गरेर जलाउन खोजिएको हो ? भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

स्थानीयबासिन्दाका अनुसार महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध थियो । यसबारेमा चर्चा भएपछि उनलाई अभिभावकले सम्झाइ बुझाइ समेत गरेका थिए । उनले आफूले केटा छोड्न नसक्ने बताएपछि अभिभावकले मनसिक र शारीरिक यातना समेत दिने गरेको गाउँलेले बताएका छन् ।

उक्त शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ । घटना सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद