Media Network

जुम्लामा स्वास्थ्य सामग्री जुटाउँदै


खबरस्टोरी संवाददाता

१० माघ २०७८,सोमबार

जुम्ला । कोरोनाभाइरसको तेस्रो लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति लागायत विपद् सम्बन्धी काम गर्ने संस्थाहरूले स्वास्थ्य सामग्री जुटाउन थालेका हुन् ।सोमबार  जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं अध्यक्षतामा बसेको बैठकले विपद् क्षेत्रमा जिल्लामा कार्यरत संघसंस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आह्वान गरेको छ । 

जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पीपीसेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले  सहयोग गर्न अनुरोध गरेकी छन् । उनले  मौज्दात सामग्री जति तत्काल वितरण गरिने बताइन्  ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद