Media Network

१७ जना जुवाडे समातिए, २ लाख १७ हजार बरामद


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । पूर्वी नवलपरासी र तनहुँमा १७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी(पूर्व)को विनयीत्रिवेणी र तनहुँको शुक्लागण्डकीबाट प्रहरीले तास खेल्दै गरेका १७ जना जुवाडेलाई पक्राउ गरेको हो । 

नवलपरासीपूर्व विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा स्थानीइ ४८ वर्षीय विन्दु कुमार श्रेष्ठसहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त प्यालेसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यता, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने ३८ वर्षीय फनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा फन बहादुर लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद