Media Network

जङ्गली भालुको आक्रमणबाट दुई जना घाइते


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

बैतडी। जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा  पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द  छन् ।  

शनिबार दिउँसो  घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।  घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद