Media Network

जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको स्पष्टीकरण


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं। बर्दियामा भएको घटनामा गृहमन्त्रालयबाट गोली चनाउन आदेश नदिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । 

बर्दियामा बाघको आक्रमणबाट एक स्थानीय घाइते भएपछि बाघको आक्रमण बाट स्थानियहरुलाई सुरक्षा दिन माग गर्दै आन्दोलनमा उत्रिया स्थानियहरुमाथि प्रहरीले गोली चालाउँदा मधुवन नगरपालीका २ की नविना थारुको मृत्यु भएको छ भने ४ जना युवाहरु घाइते भएका छन् । 

त्यस्तै गृहमन्त्री खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी समेत गरेका छन् । 

उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको हो ।  उनले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे । 

घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए । सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद