काठमाडौ । बुद्दनगर स्थित केएमसी स्कुलमा मृत अवस्थामा फेला परेकी रमा रायमाझीको शव अझै उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए । तर, उनको शव घटनास्थलबाट निकालिएको छैन ।
रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदि झुन्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।
मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन् ।