कांग्रेस कार्यकर्ताद्वारा बाल सञ्जालका बालबालिकामाथि आक्रमण प्रयासको आरोप


खबरस्टोरी संवाददाता
२४ बैशाख २०७९, शनिबार
कांग्रेस कार्यकर्ताद्वारा बाल सञ्जालका बालबालिकामाथि आक्रमण प्रयासको आरोप
काठमाडौँ। रुपन्देही स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लागेको छ । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सीमानगरमा कांग्रेस कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् । त्यस क्रममा केही बालिकामाथि दुव्र्यवहार समेत भएको पीडित बालिकाहरूले बताएका छन् । 

घटनामा एक पीडित बालिकाले आफूलाई लछारपछार गर्दै दुव्यर्ववहार गरेको बताइन । उनले कार्यक्रम बिथोलेको भन्दै प्रहरी चौकी ड्राइभरटोलमा कारवाहीको माग गर्दै निवेदन दिएकी छन् । बालसञ्जालकी सदस्य ती बालिकाले लक्ष्मण मल्ल र श्याम क्षेत्रीको नाममा किटानी जाहेरी दिँदै २५–३० जनाको समूहले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताइन् ।

प्रहरी कार्यालयमा निवेदन लिएर गएकी बालिकाले चेतनामुलक कार्यक्रम गर्दा आफुहरूलाई राजनीतिक तरंग दिइएको भन्दै कांग्रेस समर्थकहरूबाट आक्रमणको प्रयास, हातपातको प्रयास भएकाले न्याय पाउनुपर्ने बताइन् ।

प्रहरी चौकी ड्राईभरटोलका प्रहरी सहायक निरीक्षक कमल भण्डारीले पीडितले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।