प्रहरीले मंगलबार साँझ ५ बजे उनको घरमा छापा मारेर ४ किलो ३ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पन्जियारले लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाका अधारमा प्रहरीले उनको घरमा छापा मर्दा घरबाट गाँजा बरामद भएको हो । उक्त घटनासम्बन्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।