Media Network

कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने ४ विद्यार्थी पक्राउ


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौं । ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्रिनिटी कलेजको मानविकी संकायमा कक्षा ११ मा पढ्ने म्याग्दी बेनी नगरपालिका घर भई हाल बानियाटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली घर भई डिल्ली बजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई हाल घट्टेकुलो बस्ने १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौंको ढलमल वस्ने १८ वर्षीयसञ्जिब भण्डारी (अनमोल ) रहेका छन् ।

मंगलबार दिउँसो ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेको थियो । घाइतेलाई उद्दार गरी मोडेल अस्पतालमा लगि उपचार गराएको थियो । उनको उपचार पछि डिस्चार्ज गरिएको छ ।  

अनुसन्धानको गर्ने क्रममा सोही कलेजका मानविकी संकायका कक्षा ११ मा पढ्ने विद्यार्थीहरु करिब १० दिन अगाडि कलेज प्राङ्गणमा बास्केटबल खेल्दा भएको बिबादको बिषयलाई लिएर कलेजमा दुई पक्षबीच झै झगडा हुन लागेकोमा कलेजका सुरक्षा गार्डले छुट्याउने क्रममा गार्डलाई हतियार प्रहार गरिएको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद