मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका–६ घर भएका हिक्मत दर्लामी मगरका १८ महिनाका छोरा धर्मराज रहेका छन् ।
जुम्ला देखि दैलेख तर्फ आउँदै गरेको ना ७ ख १०१८ नम्बरको ट्रकले आज बिहान पौने १० बजे बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।