कैलालीमा बाघको आक्रमणबाट महिला घाइते


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
कैलालीमा बाघको आक्रमणबाट महिला घाइते
काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छिन् । वडा नम्बर–८ लठुवाकी ५४ वर्षीया विष्णा बोहोरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई आज बिहान मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ । 

लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी लक्ष्मणबहादुर शाहीले बताए । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ पनि घाइते भएको बताइएको छ । 

घाइते बाघको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।