Media Network

कैलालीमा डुबेर मृत्यु, धादिङमा भीरबाट लडेर ज्यान गयो


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । कैलाली र धादिङमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीस्थित मछली खोलामा डुबेर कञ्चनपुर भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने २५ वर्षीय बिजय भट्टको शुक्रबार दिउँसो मृत्यु भएको हो । 

उक्त पोखरीमा एक्कासी चिप्लिएर पानीमा डुब्दा उनको मृत्यु भएको बताइएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै, धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित जंगलको भिरबाट लडेर सोही ठाउँ बस्ने ५२ वर्षीया दिल कुमारी श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको छ । जंगलमा सालको पात टिप्न गएको अवस्थामा भिरबाट लड्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि  ट्रमा सेन्टर काठमाडौं लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद