Media Network

कैलालीमा एक थुनुवा कैदी हतकडीसहित फरार


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ । कैलालीमा एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्। पाण्डेयलाई जेठ १४ गते लागूऔषधको मुद्दामा प्रहरीले पक्राउ परेको थियो ।

उनलाई बुधबार उपचारका निम्ति सुखडको घोडाघोडी अस्पतालमा लगिएको थियो । फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद