चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै यता रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ ।
आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।