Media Network

कपनमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं । गएराति तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहा लाहान नगरपालिका–७  घर भएका ४२ वर्षीय बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने   प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

प्रबिनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । 

अस्मिता चौधरीलाई घाइते अवस्थामा स्थानीयहरुले फेला पारी चौधरीलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद