Media Network

६ करोड भ्रष्टाचारको आरोपमा बिध ल्याबका सञ्चालकविरुद्ध मुद्दा दायर


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौ । गैरकानूनी रुपमा सम्पत्तिआर्जनको अभियोगसहित व्यवसायी भिमकान्त भण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । 

६ करोड २४ लाख रुपैया भ्रष्टाचारको आरोपमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार भण्डारी २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए ।

तर उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यद्यपि उनले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको निष्कर्ष छ ।

गुल्मीका भण्डारी बिध ल्याब सञ्चालन गर्ने बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् ।




 


 





 





 



Share:
Reaction :
ताजा समाचार
खेलकुद