Media Network

कारको ठक्करबाट एक बालकको मृत्यु


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

काठमाडौं। काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३ बर्षीय श्रीयन पाण्डे रहेका छन् । 

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद