कर्णाली प्रदेशको सुरक्षा जिम्मेवारी एसएसपी बास्तोलालाई


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
कर्णाली प्रदेशको सुरक्षा जिम्मेवारी एसएसपी बास्तोलालाई
काठमाडौँ।  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाको कर्णाली प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएको छ। स्थानीय तह निर्वाचन नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा गर्ने निर्णय गरेको जनाइएको छ । 

कर्णाली प्रदेशमा एसएसपी रिक्त थियो भने, केही दिनपछि अवकाश हुने डीआईजी गणेशबहादुर ऐर पनि लामो समयदेखि बिदामा भएका हुनाले वरिष्ठ उपरीक्षकलाई निर्वाचन अघि कर्णालीको सुरक्षा जिम्मेवारी दिइएको जनाइएको छ ।