काठमाडौँ। आज बिहान सप्तरीको हनुमाननगरमा एउटा ट्रकमा आगलागी भएको छ । कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेज नजिकैको ट्रकमा ब्याट्री सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
ना.६ ख ५२६३ नम्बरको ट्रकमा अचानक आगलागी भएको प्रहरीले बताएको छ । खाली ट्रकमा लागेको आगोबारे प्रहरीले थप अनुसन्धान र छानबिन गरिरहेको छ ।