Media Network

किशोरी रेप प्रकरण :अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन (पत्रसहित)


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौ ।सामाजिक सञ्जालमा व्यापक बनेको किशारी रेप प्रकरणमा गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण गरेको छ ।

पीडित किशारीले टिकटक मार्फत बनाएको भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । 

भिडियो सार्वजनिक भएपछि प्रहरी निरन्तर रुपमा पिडितको फलोअपमा छ भने घटनामा मुछिएको व्यक्तिलाई सम्पर्कमा ल्याउने प्रयासमा जुटेको छ । घटना ८ वर्ष पुरानो भएकाले कानुनी रुपमा हदम्यादका कारण अन्यौलताको सिर्जना भएको छ । 

यता पीडितले न्याय पाउनुपर्ने भन्दै आज देशभर नै विरोध प्रदर्शन र किशोरीको पक्षमा व्यापक सहानुभुति सहित महिला अधिकारकर्मी, बिद्यार्थी लगायत विभिन्न संघसंस्थाहरु सडकमा उत्रिएका छन् ।


 


 



Share:
Reaction :
ताजा समाचार
खेलकुद