मंगलबार प्रहरीले काठमाडौं प्रहरी परिसरमा सुब्बाको बयान लिएको छ । प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकी उनलाई प्रहरीले घटनाका साक्षीका रूपमा बयान लिएको हो ।प्रहरीले घटनाका मुख्य आरोपी मनोज पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट उनलाई ५ दिन थुनामा राख्ने म्याद लिएर प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
बलात्कारको मुद्दामा हदम्याद नाघेकाले प्रहरीले पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पीडितको जाहेरी लिएर अनुसन्धान गरिरहेको छ ।
पीडित भनिएकी किशोरीले सामाजिक सञ्जालमा भिडियो हालेपछि घटनाका बारेमा खुलासा भएको थियो । अहिलेसम्म पाण्डेबाट पीडित भएको भन्दै दुई जना युवतीले प्रहरीमा उजुरी दिएका छन् भने थप अर्की एक युवती पनि प्रहरीको सम्पर्कमा आएकी छन् ।सरकारले घटनाका सम्बन्धनमा छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवर नेतृत्वको समितिमा बनाएको छ ।