बलात्कारपछि ती गर्भवती भएकी किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । रातिको समयमा अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर सार्वजनिक भएको हो ।
पीडित किशोरीकी आमाका अनुसार तीन महिनाअघि बलात्कार भए पनि आरोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको अत्याचारबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । तर महिनावारी (रजश्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरुलाई भेटेर आफू गभर्भवती भएको बताएकी थिइन् ।