Media Network

कति सुरक्षित छ नेपाली आकाश ?


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा ठोक्किएर दुर्घटना भयो । विमान दुर्घटना भएको यो पहिलो पटक होइन । ७६ वर्षको इतिहासमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार आइतबार तारा एयरको ट्वीनअटर विमानसहित ६७ वर्षको इतिहासमा नेपालमा १०८ वटा हवाई दुर्घटना भएको छ । 

ती दुर्घटनाहरुमा परि झन्डै नौ सय जनाले ज्यान गुमाइसकेका छन् । यसरी पटक–पटक हवाई दुर्घटना हुँदा प्रत्येक पटक छानबिन आयोगहरु पनि गठन हुने गरेका छन् । अधिकांश दुर्घटना मौसम खराबीका कारण भएका छन् । केही दुर्घटना चराहरुसँग ठोक्किएर त केही पुराना विमानमा समस्या आउँदा घटना भएका छन् । 

घटनाको जिम्मेवार को ? 

नेपालमा विश्वकै देशहरुकै तुलनामा बढी विमान दुर्घटनाहरु भएका छन् । के साँच्चै नेपाली आकाश असुरक्षित नै छ त ? भन्ने जस्ता प्रश्न नेपाली उड्डयन क्षेत्रप्रति निकै खडा भइरहेको छ । 

आइतबार मुस्ताङमा भएको तारा एयरको विमान खराब मौसम र भौगोलिक कारणले नै दुर्घटना भएको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबारको संसद् अन्तर्राष्ट्रिय समितिको बैठकमा खराब मौसमका कारण दायाँ मोड्नुपर्ने जहाजले बायाँ मोड्दा भित्तामा ठोक्किएको बताए । 

यो दुर्घटनाको मुख्य कारण मौसमलाई बनाउने श्रृृङ्खला जोडिएको छ । उड्डयन क्षेत्रका विज्ञहरू व्यवस्थापकीय कमजोरी, प्रतिस्पर्धा, पुराना मोडलका जहाज, हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने, यी कमीकमजोरीका कारण दुर्घटना बारम्बार भइरहेको बताउँछन् । 

यस्ता घटना नदोहोरिन कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनमा जोड दिनुपर्ने र कमसल विज्ञान प्रविधिको व्यवस्था गर्न जरुरी छ । नेपाली आकाशमा पटकपटक यो घटना दोहोरिदा पाइलट लाई दोषी मानिन्छ । 

पाइलटलाई दोष दिनु मात्रै नभई पहिले त्यसै क्षेत्रमा भएका दुर्घटनापछि सिफारिस गरिएका प्रतिवेदनलाई पालना नहुनुसमेत दुर्घटनाको अर्काे कारण हो । प्रविधिका कारण आँखाले हेरेको भरमा पाइलटले जहाज उडाउनुपर्ने भएकाले विगतमा ठूला–ठूला दुर्घटनासमेत भोगिसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद