कट्टुभित्र सुन भेटियो, प्रहरीद्धारा एकजना पक्राउ


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
कट्टुभित्र सुन भेटियो, प्रहरीद्धारा एकजना पक्राउ
काठमाडौ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान ९ः४५ बजे काठमाडौं आएका धुनषाका जितेन्द्र कुमार यादवलाई सुनसहित पक्राउ गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्र (कटटु) मा फल्स पकेट बनाई विष्कुट आकारको सुन ४६६.५ ग्राम र सिक्री आकारको सुन ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको हो।

बरामद सुनसहित युवामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।