त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्र (कटटु) मा फल्स पकेट बनाई विष्कुट आकारको सुन ४६६.५ ग्राम र सिक्री आकारको सुन ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको हो।
बरामद सुनसहित युवामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।