Media Network

कैदी नम्बर २४१३८३ ?


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

विश्वमा यस्ता धेरै व्यक्तित्वहरु छन् जसले कुनै क्षेत्रमा संसारभर नै आफ्नो नाम फैलाउन सफल भएका छन् ।जीवनलाई पुर्ण रुपमा कुनै क्षेत्रमा समर्पण गर्न वास्तममा नै ठुलो त्याग र तपस्या चाहिन्छ, जसको फलश्वरुप व्यक्ति आफ्नोउद्देश्यमा पुग्दछ । 

हामी चर्चा गर्दैछौ एक त्यस्ता व्यक्ति जसले कुनै समयमा क्रिक्रेटको क्षेत्रमा बैग्लै पहिचान बनाएका थिए उनी हुन् भारतका पूर्व क्रिकेटर खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धू 

यतिबेला उनी जेलमा छन्, कैदी नम्बर २४१३८३ को ट्याग लगाएर । जेलभित्र पसेपछि उनलाई यो कैदी नम्बरको ट्याग दिइएको हो ।उनलाई ३४ बर्ष पुरानो एक मुद्दामा अदालतले एक बर्षको कैद सजाय सुनाइएको छ ।


आखिर सिद्धू किन परे जेल ?

३४ बर्षअघिको एक घटना, जसले सिद्धुलाई जेल पु¥याएको हो । घटना सन् १९८८ को हो । डिसेम्बर २७ । त्यसदिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा भएको थियो, गुरनाम सिंहसँग । उनी अस्पताल भर्ना भए । उपचारकै क्रममा ६५ बर्षिय गुरनाम सिंहको मृत्यु भयो ।

त्यसबेला जिल्ला अदालतले उनलाई गैर नियतवश भएको हत्या भन्दै निर्दोष ठहर गरेको थियो । तर, उच्च न्यायालयले उनलाई दोषी ठह¥याएर तीन बर्षको जेल सजाय सुनायो ।

सर्वोच्वले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यस विरुद्ध फेरी अपील दायर गरे । अन्ततः सिद्धुलाई दोषी ठह¥याउँदै एक बर्षको जेल सजाय सुनाइएको हो ।

सिद्धुले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो ।

त्यसअघि उनलाई पुस्तकालय परिसरमा राखिएको थियो । तर, पछि कैदी नम्बर तोकेर ब्यारेक नम्बर १० मा राखिएको छ । त्यहाँ उनी सिमेन्टले बनेको पलङमा सुत्नेछन् । सुक्रबार साँझ उनलाई जेलको तालिका अनुसार दाल र रोटी दिइएको थियो । तर, स्वास्थ्यको कारणले उनले खाना अस्वीकार गरे । फलफूल र सलाद मात्र खाए ।


यस्तो हुनेछ जेलभित्र सिद्धूको दैनिकी ?

सिद्धूले जेलभित्र सेतो कपडा लगाउनुपर्नेछ । उनको जेलमा एउटा कुर्सी टेबल, एउटा दराज, एउटा ओछ्यान, एउटा बेडकभर, दुई वटा सिरानी, एउटा कम्बल, तीन वटा भित्री वस्त्र, २ वटा तौलिया, एउटा झुल, एउटा डटपेन, एक जोर जुत्ता, ४ वटा कुर्ता पाइजामा दिइनेछ ।

सिद्धुलाई कलेजोमा समस्या छ । त्यसबाहेक उनको खुट्टामा बेल्ट पनि बाँधिएको छ । सिद्धुका मिडिया सल्लाहकारका अनुसार सिद्धुलाई गहुँबाट एलर्जी छ । त्यसैले गहुँको रोटी खान सक्दैनन् । उनले लामो समयदेखि रोटी खाएका छैनन् । त्यसले उनले विशेष डाइट लिन आग्रह गरेका छन् ।

जेलमा सिद्धुको दिन बिहान ५ ः ३० बाट सुरु हुनेछ । बिहान ७ बजे चियासँगै बिस्कुट वा कालो चना खानेछन् । त्यसपछि बिहान ८ ः ३० मा नास्ता गर्नेछन् । नास्तामा दाल र रोटी वा तरकारी दिन्छ । त्यसपछि उनीहरुलाई कारखानामा काम गर्न लगिनेछ । त्यहाँ दिनभर काम गर्नुपर्नेछ । साँझ ५ ः ३० मा उनको बिदा हुनेछ । उनीहरुले साँझ ६ बजे खाना खानेछन् । उनीहरुलाई साँझ ७ बजे ब्यारेकमा थुनिनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद