काठमाडौंबाट ५० केजी हेरोइन बरामद, सात विदेशी महिला समातिए


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
काठमाडौंबाट ५० केजी हेरोइन बरामद, सात विदेशी महिला समातिए
काठमाडौं  ।  नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौं उपत्यकाबाट ठुलो परिणाममा लागुऔषध हेरोइन बरामद गरेको छ । प्रहरीले ५० किलो हेरोइन बरामद गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हेरोइन बरामद गरिएको हो । 

एक अर्ब रुपैयाँ भन्दा बढीको सेतो हेरोइनसहित सात जना विदेशी नागरिक पक्राउ परेका छन् । 

दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिला पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ ।  भने त्यसबारे जानकारी दिन प्रहरीले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।