Media Network

काठमाडौँमा करेन्ट लागेर एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौँ । सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलका २६ वर्षीय सनम तामाङ छन् ।

मंगलबार दिउँसो सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद