Media Network

खाेटाङमा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


खबरस्टोरी संवाददाता

३ माघ २०७८,सोमबार

खोटाङ।  बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका- २ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो।

छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए। स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन्।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटक-पटक बालिकालाई बलात्कार गरेको अभियोग छ। उनलाई जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए। -न्युज कारखाना


Share:
Reaction :
ताजा समाचार
खेलकुद