Media Network

लिफ्ट मागेर चढेका ३ जनाले गाडीधनीलाई कुटपिट गरी गाडी लुटे


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । कैलालीको गोदावरीमा लिफ्ट मागेर चढेका ३ जनाले गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटेका छन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् ।

‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’ भण्डारीले भने, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे ।’

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई जानकारी गरेका थिए ।

लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद