उनी थिइन् २९ वर्षीया मालान्को माउरिन माथिबा । उनको गतिविधिका कारण प्रहरीको आशंका थियो की उनीसँग हेरोइन छ,जुन उनले भारतबाट आउने कसैसँग डिल मार्फत सप्लाई गर्ने तयारीमा थिईन्,तर ती व्यक्ति आउन ढिलो भएपछि उनको असामान्य गतिविधिहरु बारे प्रहरी पुर्ण जानकार थियो ।
जेठ ३१ गते उनको रिर्टन टिकट थियो ।
यत्तिकैमा प्रहरीले अर्को सूचना पायो थप महिला पनि जोहानेसबर्गबाट हिरोइन बोकेर नेपाल आउदैछन् ।फ्लाई दुबईको उडानबाट जेठ २९ गते दुबई हुँदै काठमाडौं आएका २९ वर्षीया सिब्सी थानडेकिल र ४६ वर्षीया मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा
यता प्रहरीले अपरेशन थालिसकेको थियो होटलकै कर्मचारी बनेर ती महिलाहरुलाई नियालेर ।। जेठ ३० गते उनीहरुलाई प्रहरीले होटलबाटै नियन्त्रणमा लिएर अन्य व्यक्ति र सामान ल्याइरहेका व्यक्तिलाई पक्राउ गर्न थाल्यो ।उनीहरुले सुटेकेशमा फल्स बटम बनाएर ८÷८ केजी सेतो हिरोइन ल्याएका थिए । जेठ ३० गते फ्लाई दुबईका दुईवटा विमानबाट दुई जना महिला फेरि काठमाडौं उत्रिए । उनीहरुको पछि लाग्दै प्रहरीले दुवैलाई सोही दिन साँझ ठमेलका बेग्लाबेग्लै होटलबाट पक्राउ ग¥यो ।
तीमध्ये ३९ वर्षीया साबालाला खान्यीसिल भ्योन्नीको साथबाट ८ केजी र ३६ वर्षीया रोशिना ननक्वेल जान्तीयको साथबाट ८ केजी सेतो हेरोइन बरामद भएको थियो ।
उनीहरु तीन जनाबीच दक्षिण अफ्रिकामा पनि सामान्य चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेठ ३१ गते कतार एयरलाइन्सबाट दोहा हुँदै आएकी ३७ वर्षीया मोरोसी सुजन कोफु र फ्लाई दुबईबाट दुबई हुँदै आएकी ३० वर्षीया मार्लिज बाडेनहर्स्ट सोही दिन साँझ ठमेलबाटै पक्राउ परेका थिए । कोफुको साथबाट २ केजी खैरो हेरोइन र ४ केजी सेतो हेरोइन बरामद भएको थियो । यस्तै मार्लिजको साथबाट ६ केजी सेतो हेरोइन बरामद भएको थियो
। पक्राउ परेकी ४६ वर्षीया मुरियल पछिल्लो पाँच महिनामा तेस्रोपटक नेपाल आएकी हुन् । उनी गत फेबरुअरी र मार्चमा पनि नेपाल आएको पाइएको छ । अन्य भने पहिलोपटक नेपाल आएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार सामान लिन भारतबाट आएको समूहले धेरै ठाउँमा सामान दिन बोलाए पनि उनीहरु सम्पर्कमा आएनन् ।
नेपालमा एउटै अप्रेसनमा यति ठूलो मात्रामा हेरोइन बरामद भएको यो पहिलोपटक हो । प्रहरीका अनुसार बरामद भएको हेरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रुपैयाँ बराबर रहेको छ ।