Media Network

लागूऔषधको अवैध उत्पादन र ओसारपसार नियन्त्रण गर्न गृहमन्त्री खाणको आव्हान


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं। लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोग नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न गृहमन्त्री बालकृष्ण खाणले आव्हान गरेका छन् । 

गृह मन्त्रालयले आइतबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त आव्हान गरेका हुन् । 

सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उनले बताए । 

‘लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुपर्छ,’ गृहमन्त्री खाणले भने । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद