Media Network

लागूऔषधसहित एक जना पक्राउ


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

 काठमाडौं .झापाको गौरादह नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय अशिम गुरुङलाई प्रहरीले  पक्राउ गरेको छ ।  प्रहरी भन्दै सर्वसाधारणलाई धम्की दिने  गुरुङलाई प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको हो  । सिरहा नगरपालिका ७ स्थित बस काउन्टरमा सर्वसाधारणलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङको साथबाट लागूऔषध नाइट्राभेट–१० लेखिएको ३९ थान, स्पामा प्राक्सिभोन प्लस २२ थान, नेपाल प्रहरीको नक्कली परिचय पत्र १ थान, नक्कली रिभल्वर १ थान, ड्राइगन चक्कु एक थान, असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, चेकबुक, एटिएम कार्ड बरामद गरेको छ । प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले बताए अनुसार पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद