Media Network

लोकगायिका सुनार मृत्यु प्रकरण : घटनास्थल बाहिर सल भेटियो, ‘सुसाइट नोट’ र घटना प्रकृति अमिल्दो


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण थप रहस्यमय बनेको छ । 

सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक पाइएपछि प्रहरीले अनुसन्धान प्रक्रियालाई थप महत्वका साथ अनुगमन गर्ने भएको छ ।प्रहरीले गायिका सुनार आफ्नै कोठामा शनिबार मृत भेटिएको बताएको छ ।

 शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भन्ने स्ट्याटस भेटिएको थियो ।सो स्ट्याटसमा उनले आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटनाको प्रकृति फरक रहेको घटनाक्रम र घटनास्थल दुवैलाई हेर्दा लेदिएको जस्तो सुसाइड गरेको भन्न नसकिने अनुसन्धानमा संम्लग्न एक अधिकृतले बताए ।प्रहरीले घटना रहस्यमय भएकाले थप अनुसन्धान अघि बढाएको छ ।

गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई पक्राउ समेत गरेको छ ।सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए ।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पु¥याएको छ ।सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय थिईन् ।

 राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौँमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित भएकी थिईन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद