Media Network

लोकगायिका सुनारका बाबुले दिए श्रेष्ठविरुद्ध किटानी जाहेरी


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौ । लोकगायिका दिलमाया सुनारका बुबाले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्।

आइतबार साँझ सुर्खेतबाट आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।

गायिका दिलमायाको शनिबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। त्यो राति सँगै रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाईसकेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद