Media Network

५५ लाख रुपैयाँको तेलसहित भारतीय ट्रक नियन्त्रणमा


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौँ । सशस्त्र प्रहरीले सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कंकालीनी नगरपालिका १ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई नियन्त्रणमा लिएको छ । तेलको बजारको मूल्य ५४ लाख ९६ हजार रहेको छ ।

नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद