Media Network

ललिता निवास जग्गा प्रकरण तीन सय अधिक विरुद्ध पक्राउ पूर्जी जारी


खबरस्टोरी संवाददाता

२१ पुष २०७८,बुधबार

काठमाडौ । बालुवाटारस्थित ललिता निवासस्थित सरकारी जग्गा विक्री प्रकरणमा करिब ३ सय जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीन सयभन्दा बढीविरुद्ध कीर्ते कसुरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गराएको हो। सीआईबीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार अभियोगमा मुद्दा दायर गरेका विजयकुमार गच्छदारसहितका पूर्वमन्त्रीहरूलाई प्रतिवादी बनाएको छैन। 

अख्तियारले तीन पूर्वमन्त्रीहरू गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टचार अभियोगमा विषेश अदालतमा मुद्दा दायर गरेको थियो। ती मध्ये एक जना मात्रै हाल थुनामा छन्। विशेष अदालतले पुर्पक्षका लागि शोभाकान्त ढकाल मात्रै हाल थुनामा छन्। तीन पूर्व मन्त्रीमध्ये विजयकुमार गच्छदार १० लाख, डम्बर श्रेष्ठ ५ लाख धरौटीमा छुटेका थिए । चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाडिएको छ। 

भ्रष्टाचारमा मुद्दा दायर भएपछि विजयकुमार गच्छदारको सांसद पद यतिबेला निलम्बनमा छ। 




Share:
Reaction :
ताजा समाचार
खेलकुद