ललितपुरमा २६ वर्षीया महिला बलात्कृत, एक युवक पक्राउ


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
ललितपुरमा २६ वर्षीया महिला बलात्कृत, एक युवक पक्राउ
 काठमाडौँ । ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । 

बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।