Media Network

लामा र पौडेल एआईजीमा बढुवा


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार लामा र पौडेललाई बढुवाको निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

वैशाख २३ मा बढुवा समितिले डीआईजी लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदैछन् ।

वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले डीआईजी पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद