लुटपाटपगरी फरार अभियुक्त गोरखाबाट पक्राउ


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
लुटपाटपगरी फरार अभियुक्त गोरखाबाट पक्राउ
काठमाडौं। प्रहरीले लुटपाटपछि हत्‍या गरी फरार अभियुक्तलाई गोरखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय सिन्धुलीको दुधौली नगरपालिका—१ डकाहाका प्रकाश तिमिल्सिना रहेका छन् ।

उनले ललितपुरको महालक्ष्मी नगरपालिका—८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई काठमाडौं महानगरपालिका—१५ भगवान पाउ नजिक सडक किनारबाट लुटपाट गरी फरार भएको प्रहरीको दाबी छ ।

फरार भएका तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखाको चुमनुब्री गाउँपालिका—३ जगतबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका तिमिल्सिनालाई आवश्‍यक कानुनी कारबाहीका लागि प्रहरी वृत स्वयम्भूमा पठाइएको प्रहरीले जनाएको छ ।