जिल्ला सदरमुकाम भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भएको थियो । राजु अग्रवालले सञ्चालन गरेको पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरि भएको बताईएको छ। प्यारेमाथि अनुसन्धानका क्रममा प्रहरीले उनको साथबाट चोरी भएकोमध्ये १ थान मोबाइल, मोबाइलको चार्जर २७ थान बरामद गरेको थियो।
यस्तै, उनको घरमा तलासी गर्ने क्रममा पेस्तोलमा लाग्ने गोली ८० राउन्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।