Media Network

मोबाइल चोरीका आरोपित दुई प्रहरी निलम्बित


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुइ जना प्रहरीहरु मोबाइल चोरीको आरोपमा निलम्बनमा परेका छन् ।

कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुद्दाको अन्तिम फैसला नहुदा सम्मको लागि उनीहरुलाई निलम्बन गरिएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद