Media Network

२ महिलासहित ६ जना मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । देशका विभिन्न ठाउँमा दुई महिलासहित ६ जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको मोहन्यालमा र दोलखाको तामाकोशीमा दुई जना महिला मृत भेटिएका हुन् । 

कैलाली, मोहन्याल गाउँपालिका–३ स्थित सुन्याथाई खोलाको तालमा सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी साउदलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

यस्तै, दोलखाको तामाकोसी गाउँपालिका–७ हावा तल्लोबारी बस्ने ५१ वर्षीया मानकुमारी सुनुवार सोही ठाउँस्थित चुरेभिर जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार घरबाट आफूखुसी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ । 

उता, दार्चुलाको शैल्यसिखर नगरपालिका–६ स्थित घुरिसल्ला भन्ने स्थानमा सोही नगरपालिका–६ पानेबाज बस्ने ५५ वर्षीय जयदेव सिंह धामी शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी, सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरीखोला डेरा गरी बस्ने सोताङ गाउँपालिका–१ घर भएका ६० वर्षीय रत्नबहादुर गुरूङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै, बारा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ७५ वर्षीय अहमद मियाँ आफ्नै गोठमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् भने कास्कीको पोखरा महानगरपालिका–१० पिपलडाली चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद